काठको पुलबाट खसेर बेपत्ता भएका पातारासिका हरिकृष्ण बुढाकाे शब भेटियो

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँतिर जाँदै गरेको मोटरसाइकल लुमस्थित काठको पुलबाट खस्दा बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । बुधबार बिहानै क १ प १८२० नम्बरको मोटरसाइकल काठको पुलबाट जवा नदीमा खस्दा बेपत्ता भएका थिए । अत्यधिक वर्षाका कारण नदी बढेकोले नेपाली सेना प्रहरी ,स्थानीययले खोजी कार्य भइरहको थिए । प्रहरी नायब उपरिक्ष छेदीलाल कामतीका अनुसार खोजी गर्ने क्रमामा आइतबार उर्थुको प्रहरी चौकी भन्दा दुइकिलो मिटर माथी अडकीको अबस्थामा भेटिएको छ ।

उनले भने,आफन्तहरुले खोलाबाट बगेर बेपत्ता भएको शव नै रहेको बताएका छन ।उनका अनुसार उक्त शव अन्दाजी २८ वर्षका हरिकृष्ण बुढाको रहेको भन्दै उनीहरुले सनाखत गरिसकेका छन । काठको पुल नजिकै भेल आएकाले मोटरसाइकल पुलबाट चिप्लिएको थियो ।

मृतक हरिकृष्ण बुढा पातारासी गाउँपालिका–७ रिनी गाउँका हुन् । उनीसँगै मोटरसाइकलमा बसेका रिनीकै जयबहादुर खड्काको उद्धार भएको थियो ।स्थानीयका अनुसार त्यो पुलबाट हरेक दिन सवारीसाधनहरु पुलमा ओहोरदोहोर गरिरहँदा निकै जोखिम छ । अधिकांश सवारी साधनका टायरहरु प्वालहरुमा पस्दा उकास्न कठिन हुने गरेको उनीहरुको दुखेसो छ ।



तपाईको प्रतिक्रिया