कर्णाली राजमार्ग दुई लेनकाे बनाउन नेकपा एमाले जुम्लाकाे माग

जुम्ला । चार दिन देखि अबरुद्द कर्णाली राजमार्ग खुलेकाे छ । सडक खुलेसंगै कालिकाेटकाे ताडि,जितेमा राेकिएका स्याउ बाेकेका एकसयबढी ट्रक सुर्खेत तर्फ गएका छन् । तर वर्षा जारी रहेकाेले कतिबेला पहिराे आउने र सडक अबरुद्द हुने टुंगाे छैन् ।

बर्सेनि वर्षातकाे समयमा कर्णाली बासीले यात्रामा कष्टमात्र भाेग्दैनन् । जुम्लाकाे उत्पादनले समेत समयमै बजार नपाँउदा कराेडाैकाे नाेक्सान व्यवहाेरि रहेका छन् ।

यसैबीच नेकपा एमाले जुम्लाले एक विज्ञप्ती जारी गर्दै कर्णाली राजमार्गमा वर्षेनी हुने सास्तीलाई अन्त्य गर्न राजमार्ग दुईलेनकाे बनाउनु पर्ने भन्दै प्रदेश र संघिय सरकारकाे ध्यानकर्षण गराएकाे छ ।

हरेक वर्षामा सडक अबरुद्द हुँदा उत्पादन बाटाेमै कुहिने,सयाै सवारी र नागरिक अलपत्र पर्ने,विरामी बाटाेमै छटपटिनु पर्ने विडम्बना विद्यमान रहेकाेले यी सबै समस्या हल गर्न सुरुङमार्ग (टनेल) निर्माण गर्न,दुईलेनकाे सडक बनाउन संघ प्रदेशलाई माग गरिएकाे नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए ।

अध्यक्ष महतद्दारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएकाे छ,’हरेक वर्ष सडक अबरुद्द हुँदा सास्ती खेप्नु परेकाे छ । जनजीवन अस्तव्यस्त हुने गरेकाे छ ।

यसरी प्रत्येक का वांयाममा माथिल्लो कर्णालीका जनताले सास्ती भोग्नु पर्ने अवस्थालाई समाप्त गर्न छोटो मार्गका रुपमा उक्त खण्डमा सुरुङ (टनेल) को सर्वेक्षण गरि कार्य अघि बढाउन सम्बन्धित प्रदेश सरकार तथा संघिय सरकारको ध्यानाकर्षण गराउदछौं।

साथै उक्त राजमार्गलाई दुई लेनकाे बनाउने कार्यलाई तदारुकताका साथ कार्यान्वयन गर्न प्रदेश सरकार तथा संघिय सरकारको गम्भिर ध्यानाकर्षण गर्दछौ।’



तपाईको प्रतिक्रिया