सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ । सरकारले निर्देशिका नै खारेज गरेर उक्त पद पनि खारेज गरेको हो ।
पूर्वमुख्यसचिव शंकरदास बैरागी सुरक्षा सल्लाहकार थिए । उनले निर्देशिका खारेज गर्ने छनक पाएपछि यसअघि नै पदबाट राजीनामा दिएका थिए ।
गत मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका– २०८० खारेज गरेको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन तत्कालीन मुख्यसचिव बैरागीलाई राज्यमन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकार पद सिर्जना गरेको थियो ।
डा अर्याल अहिले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् ।
दुबो खबर । २०८१ साउन २४ गते बिहिवार