जुम्ला । देशभर बिहीबार २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस देशभर मनाइएको छ । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज यो दिवस मनाइएकाे छ । यसै दिवसकाे अवसर पारेर जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ मा रहेकाे घाेडेमहादेव स्वास्थ्य चाैकीले पनि विविध कार्यक्रम गरि २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएकाे छ ।
महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको तिला ६ का वडा अध्यक्ष जंग राेकायाले बताए । उनका अनुसार महिला स्वास्थ्य सेविकाले पुर्याएकाे उच्च याेगदान गर्दै सम्मान गरिएकाे समेत बताए ।
महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका कार्य गर्दै आएकाले महिला स्वास्थ स्वयम् सेविकाकाृ याेगदान महत्त्वपूर्ण रहेकाे बताए ।
तिला गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजना र घाेडेमहादेव स्वास्थ्य चाैकी समन्वयमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको वडा अध्यक्ष राेकायाले जानकारी दिए ।
काली बहादुर परियार । २०८१ मङ्सिर २० गते बिहिवार