“गजल”

ठिकै हो तिम्रो पनि मनै त हो के मा नरहला,
ख्याल गर सधैं समय आफ्नो पक्षमा नरहला!

दुःख को विस्तारित रुप भनी चित्त बुझाउनु,
सपनामा सङ्गै हुँदाको पल विउँझेमा नरहला!

गोधुलीसङ्गै निभि प्यारको गल्लीको उज्यालो,
सपना हरुको जहाज खाडी उडेमा नरहला !

समयले गर्न लगाई रहने मृत्युको अभिनय,
पैतला संग घरको आँगन छुटेमा नरहला!

जतन गरेर राख्न पर्थ्यो दिएको लिन पर्थ्यो,
भनेकै हुँ हरेक चीज हरेक समयमा नरहला!

डन्डी ‘अल्पविराम/ अछाम



तपाईको प्रतिक्रिया