जुम्ला, जिल्लका निजि व्यवसायीहरुले बालबालिकालाई काममा नलगाउने प्रतिबद्धता जनाएका छन् । बुधबार किर्डाक नेपालको तेस्रो सहयात्रा परियोजनाले गरेको जिल्लाका बालबालिकाको अधिकार, संरक्षण र प्रवर्दन लागि निजी क्षेत्रको योगदान तथा भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमा यस्तो प्रतिबद्धता गरेका हुन् । सेभ द चिल्ड्रनको आर्थिक सहयोग तथा किर्डाक नेपालको तेस्रो सहयात्रा परियोजनाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मेहुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन् भन्ने कुरा हामी सबैले बिर्सन नहने किर्डाक नेपाल नेपाल तातोपानी शाखा तेस्रो सहयात्रा परियोजना संयोजक प्रकाश बहादुर शाहीले बताउनुभयो । बालबालिकाको सर्वाेत्तम हित, दीर्घजीवन र विकास, बालबालिकाको विचार र भावनाको कदर गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार बालबालीकाको अधिकार सुनिश्चित गर्न सबै भन्दा निजि क्षेत्रका व्यवसायी जागरुक बन्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबिचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्त्वपूर्ण बिषय रहेको बताउनुभयो । उहाँका अनुसार महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन २०४८ लागु गरियो भने, सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ ।
यो ऐन बाल अधिकार महासन्धिअन्तरगत रहेको उहाँले स्मरण गराउनुभयो । यस्तै कार्यक्रममा बोल्दै जुम्ला उद्योग वाणिज्य संघ जुम्लाका उपाअध्यक्ष गणेश बहादुर रोकायाले राज्यले व्यावस्था गरेको बालबालिकाको अधिकार सुनिश्चित गर्न हामी निजी व्यवसायी लागि प्रतिबद्धता जनाउनुभयो । यसतै किर्डाक नेपाल तेस्रो सहयात्रा परियोजनाका काउन्सलिर प्रेमराज सिमखाडाले बालबालीकाको अधिकारका लागि अविभाबक नै जागरुक हुनु पर्ने बताउनुभयो । उहाँका अनुसार उनको चाहाना र उदेशय अनुसार काम गनृमा साथ दिनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा जिल्ला निजी व्यवसायीहरु, पत्रकार लगाउतका व्याक्तिहरुको उपस्थित रहेको छ ।
काली बहादुर परियार । २०८१ साउन ३१ गते बिहिवार