कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती

सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो । कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

चार ओभर बलिङ गरेका उनले २० रन दिएर दुई विकेट लिएका हुन् । उसका लागि स्कट कुग्गेलिजन, हरमित सिंहले दुईदुई विकेट हात पार्दा सैफ जैबले एक विकेट हात पारे । कर्णालीका लागि जिशान मकसुदले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले चार चौका हिर्काए ।

विलियम बोसिस्टोले १६ रन बनाउँदा बाबर हयात १३ रनमा समेटिए । कर्णालीका लागि कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११–११ रन बनाए । देव खनाल ७ र गुल्सन झा २ रनमा रनआउट भए । ओपनर रित गौतम भने तीन बलको सामना गरेर शून्यमा आउट भएका थिए ।



तपाईको प्रतिक्रिया