नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनीयताको शपथ

नेपाल पत्रकार महासंघ जुम्ला जिल्लाको २७ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले हिजाे आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हिजाे जुम्ला जिल्लाकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको अध्यक्षमा निर्वाचित पूर्ण प्रसाद चाैलागाई सहितका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । नेपाल पत्रकार महासंघ जुम्लाका पुर्व अध्यक्ष तथा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रनाथ याैगीले पद तथा गोपनीयताको शपथ ग्रहण  गराएका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका नवनिर्वाचित अध्यक्ष चाैलागाईले  पदभार ग्रहण गर्दै प्रेस स्वतन्त्रतामा आएकाे ख‌लाबैलाकाे अन्त्य गर्ने बताए । उनले भने प्रेस जगतमा देखिएकाे अन्याय र दबाब लाई अब कलम मार्फत जवाफ दिने बताए । निर्वाचित भएर आएका सबैलाई मिलाएर अघि लैजाने पक्षमा आफू  रहेको  उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको ११ सदस्यीय पदाधिकारीहरू निर्वाचित भएका छन् ।



तपाईको प्रतिक्रिया