उपाध्यक्षकाे नेतृत्वमा तिलामा १६ दिने लैङ्गीक हिंसा बिरूद्व सडक नाटक  प्रर्दशन

लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे अवसरमा जुम्लाकाे तिला गाउँपालिकामा सचेततामूलक कार्यक्रम बाट जनचेतना फैलाईएकाे छ । याे अवसरमा समाजमा हुने विभिन्न हिंसालाई अन्त्य गर्ने हेतुले तिलाका ८ वटा माध्यमिक बिद्यालयमा सडक नाटक मार्फत जनचेतना फैलाईएकाे हाे । पालिकाभर सञ्चालन हुने सामाजिक कुरिति र लैंगिक हिंसा विरुद्व सडक नाटक आज पहिलाे दिन तिला ६ र ९ काे रुखेडा माद्यमिक विद्यालय मानेचाैर र ज्याेति मावि राँसामालापानीमा प्रदर्शन गरिएकाे छ।

तिला गाउँपालिका अन्तर्गत उपाध्यक्ष कार्यक्रमबाट सहयाेग र तिला गाउँपालिका, महिला तथा बालबालिका शाखाकाे आयाेजना, किर्डाक नेपाल, वल्डभिजनकाे समन्वय र भेरिखाेला मल्टिप्रपाेज मिडिया प्रालि, हिमशिखर सञ्चारगृहकाे सहजीकरणमा सडक नाटक प्रदर्शन सुरु भएकाे हाे।

हामी सबैकाे प्रतिवद्वता, लैंगिक हिसा अन्त्यका लागि एक्यवद्धता भन्ने मुल नाराका साथ तिलामा सामाजिक कुरिति विरुद्धको बृहत् सचेततामूलक कार्यक्रम सुरु भएकाे तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले जानकारी दिइन्।

सभ्य र सुसँस्कृत समाज निर्माण गर्न तथा कुरिति अन्त्यका लागि अभियानका रुपमा तिलाका माद्यामिक विद्यालय र ठूला बस्तीमा स्थानीय कलाकार भैरे-डाेकाे टिम सँगै पुगेर संदेश सञ्चार गर्दै अभियानकाे शुभारम्भ गरिएकाे उपाध्यक्ष बुढाले बताइन। आम नागरिकलाई म हिंसा गर्दिन, म हिंसा सहदिन म हिंसाकाे प्रतिकार गर्छु र सहि ठाउँमा रिपोर्ट गर्छु भन्ने प्रतिबद्धता जनाउन लगाइएकाे तिला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख गाैरि थापाले बताइन।

महिला-पुरुष, बालबालिका, अपांगता भएका व्याक्ति, जेष्ठनागरिक, असहाय, लैंगिक तथा याैनिक अल्पसंख्यकका सवालमा कसैले कसैमाथि विभेद, हिंसा, अन्याय, अत्याचार विभेद गर्न नहुने कुरा सडक नाटक मार्फत सुचित गरिएकाे छ।



तपाईको प्रतिक्रिया