हिमाकाे नि:शुल्क शिविर बाट ३ सय ६ जनाले सेवा लिए : ७ जना रेफर

जुम्लाको हिमा गाउँपालिका  स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय ६  जनाले सेवा लिएका छन् । गाउँपालिकाको सहकार्य र आई.एन.एफ. नेपाल अन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाकाे आयाेजनामा संचालन भएको निःशुल्क स्वास्थ शिविरमा कानकाे सुनाइ सम्बन्धी समस्य भएका, आँखा कान घाटी र हाडजोर्नी सम्बन्धि समस्या भएका जम्मा बिरामी ३ सय ६  जना मध्ये पुरुष १ सय ३८ र महिला १ सय ६८ जनाले साे स्वास्थ्य शिविरबाट सेवा लिएको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

आँखा सम्बन्धि बिरामी १ सय २७ ,हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामी ७९ जनाले निशुल्क सेवा लिएका छन् । यस्तै जनरल फिजिसियन सेवामा १ सय, अपांगता सिफारिस बाट १० जना सहायता सामाग्री ५ र शिविर बाट ७ जनालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । गाउँमै दक्ष चिकित्सकबाट हाडजोर्नीकाे उपचार पाउँदा त्यहाँका स्थानीयवासिले निकै राहत पुगेको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतकाे टिमले स्वास्थ शिविरमा आएका बिरामीको स्वास्थ्य चेकजाँच गरेको आई.एन.एफ. नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले जानकारी दिएका छन ।अपांगता भएका व्यत्तिहरुका लागि नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदानदेखि अपांगता कार्डकाे लागि डाक्टरद्वारा सिफारिस सेवा समेत स्वास्थ शिविर बाट दिएको आई.एन.एफ. जुम्ला शाखाका परियोजना अधिकृत बुढामगरकाे भनाइ छ। गाउँ बस्तीमै पुगेर आई.एन.एफ. नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि हिमाकम स्थानीयवासिलाई केही राहत मिलेको हिमाका स्थानीयवासि बताएका छन् ।



तपाईको प्रतिक्रिया