योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप गर्न नहुने : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बिकास निर्माण लाई कडाई साथ लिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार जुम्ला पुगेर पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्ताे जनाएका हुन् । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई  पहिलाे प्रथामिकतमा राखेर  योजना बनाउने मुख्यमन्त्री कँडेलले बताए ।

उनले भने प्रथामिकतामा राखेर बनाइएका याेजनालाई कार्यान्वयन गर्ने परिकल्पनाका साथ प्रदेश सरकार अगाडि बढेकाे बताए । मुख्यमन्त्री कँडेलका अनुसार याेजनालाई किनबेच भन्ने गरिएको छ । तर योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो। योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यलाई स्थान दिन नहुने उनकाे भनाइ छ ।

मुख्यमन्त्री कँडेलको उपस्थितिमा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या र चुनौतीहरूको विस्तृत विवरण प्रस्तुत गरे। प्रमुख चुनौतीका रूपमा बजेटको अपर्याप्तता, दक्ष जनशक्तिको अभाव र विकास परियोजनाहरूमा प्राविधिक जनशक्तिको कमी रहेको जनप्रतिनिधिहरूले बताएका छन्।

जुम्लामा विकास निर्माणका यथार्थ पक्षहरूको जानकारी लिनुका साथै यस क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गर्नु मुख्यमन्त्री कँडेलको प्राथमिकतामा परेको हो। मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश सरकारमा रहेका विषयमा जनचेतना बढाउनका लागि जिल्लाजिल्लाको भ्रमणमा निरन्तर सक्रिय रहेको बताए।

शुक्रबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेशका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या सुन्ने उद्देश्यले जिल्लास्तरको भ्रमणलाई प्राथमिकता दिएको बताएका छन्। मुख्यमन्त्री कँडेलले हरेक दिन सुधारको प्रयासमा लागेको र सरकारले सही दिशा र प्रक्रियामा काम गरिरहेको आश्वासन दिएका छन्।

प्रदेश सरकार निरन्तर सुधारका लागि प्रयत्नशील रहेकाे छ । हरेक दिन एउटा नयाँ कदम उठाउँदै अघि बढ्ने पणरदृश सरकारकाे नीति र याेजना रहेकाे उनले बताए । उनका अनुसार विकास निर्माणको कामलाई मात्र होइन, सुशासन र पारदर्शिताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ। प्रदेश सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गर्न थाली सकेकाले अब कर्णाली सरकारले बिकास निर्माणमा फड्को मार्ने विश्वास दिलाएका छन् ।



तपाईको प्रतिक्रिया