जुम्लाको हिरासतमा रहेका थुनुवाका लागि १५ थान कम्बल सहयोग  

चिसाेका न्यानाे बनाउनकाे लागि जुम्लाका व्यावसायि मिलेर सामुहिक रूपमा जिल्ला प्रहरी कार्यालय जुम्लाकाे हिरासतमा रहेका थुनुवाका लागि १५ थान कम्बल सहयोग गरेका छन् । जुम्लाको चरम चिसो बाट बच्नकाे लागि जुम्लाका व्यावसायिले जिल्ला प्रहरी कार्यालय जुम्लाकाे हिरासतमा रहेका थुनुवा लाई १५ थान कम्बल वितरण गरेका हन् । 

जुम्लाको कठ्याङ्ग्रीदाे चिसाेलाई मध्यनजर गर्दै जुम्लाका व्यावसायी शिवालय हार्डवयर जम्लाका प्राेपराइटर  देबेन्द्रराज उपाध्याय, सनलाईट माेवाईल सेन्टर जुम्लाका प्राेपराइटर बालकृष्ण बुढा, राेकाया ए टु जेट जुम्लाका प्राे अनिल बहादुर राेकाय ,नारायणि सिरक डसनाका प्राे राहुलकाे टाेलीले  जिल्ला प्रहरी कार्यालय जुम्लाकाे हिरासतमा रहेका थुनुवालाई न्यानाे हाेस भन्नकाे लागि वितरण गरेका हुन् ।

हिरासतकाे थुनामा रहेका नागरिकका लागि चिसाे लाई न्यानाे बनाउनकाे जुम्लाका व्यावसायि मिलेर १५ थान कम्बल सहयाेग गरिएको राेकाया ए टु जेट जुम्लाका प्राेपराइटर अनिल राेकायाले बताए । उनका अनुसार हाम्रो सानाे सहयाेगले थुनामा रहेका थुनुवा लाई चिसाे बाट बच्न सहयाेग गर्ने अपेक्षा गरेकाे बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले प्रहरी कार्यालयकाे हिरासतमा रहेका थुनुवाका लागि १५ सेट कम्बल सहयाेग गरेमा खुसि लागेकाे बताए । उनका अनुसार, जुम्लाको चिसाे बाट बचाउनकाे थुनामा रहेकाे थुनावाका लागि कम्बल सहयाेग गरेकाेमा धन्यवाद दिएका छन् ।



तपाईको प्रतिक्रिया