अपडेट

जुम्ला आइडल फाइनल राउन्डतर्फको यात्रा : जुम्लाको स्वर, देशको गौरव

जुम्ला । कर्णालीको चर्चित सांगीतिक प्रतिभा खोज प्रतियोगिता जुम्ला आइडल २०८२ अब फाइनल राउन्डतर्फ प्रवेश गरेको छ । हिजाे बुधबार भएको सेमिफाइनल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भए पश्चात् आइडलकाे फाइनल राउन्ड प्रवेश गरेकाे हाे ।

प्रारम्भिक चरण पार गरी फाइनलमा स्थान बनाउन सफल सम्पूर्ण प्रतिभावान प्रतियोगीहरूलाई आयोजक आर,के,बि इन्टरटेन्टमेन्टले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो आत्मविश्वास, मिहिनेत र कला प्रदर्शन मार्फत जुम्लालाई गौरवान्वित बनाएका छन् ।

आयोजक समितिले जानकारी दिए अनुसार असोज ३० गते बिहान ११ बजे स्टार होटल जुम्लामा सबै फाइनलिष्टहरूको उपस्थित अनिवार्य गरेकाे छ ।

आयाेजकका अनुसार, अनलाइन भोटिङ सुरु भइसकेको बताएको छ । दर्शकहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई भोट गरेर समर्थन जनाउन सक्नेछन् ।

पहिलो भोट काउन्टिङ कात्तिक १५ गते स्टार होटल जुम्लामा दिउँसो १ बजे हुने आयाेजकले बताएको छ । प्रतियोगिता बाट फाइनलिष्टहरूले आफ्नो ब्यानर सोही मितिभित्र प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगीहरूले आफ्नो स्पष्ट फोटो, पूरा नाम र QR Esewa नम्बर सहित WhatsApp नम्बर 9868171719 सपना विश्वकर्मा काेमा पठाउन अनुरोध गरिएको छ ।

फाइनल राउन्ड आउने कात्तिक २९ गते हुने आयाेजकले जनाएको छ । फाइनल प्रतियोगिता चन्दननाथ नगरपालिका-९ मा रहेकाे शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक बिद्यालयमा बिहान १० बजे हुने भएको छ ।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सबै सहयोगीहरूलाई आयोजक पक्षले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

आयोजकका अनुसार जुम्ला आइडल २०८२ केवल एक प्रतिस्पर्धा होइन, जुम्लाको सांगीतिक पहिचानलाई राष्ट्रिय स्तरमा पुर्‍याउने अभियान रहेकाे आयाेजककाे भनाइ छ ।



तपाईको प्रतिक्रिया