दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ, तत्काल रिहाइ गर्न माग

दुबाे खबर जुम्ला

काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत ‘दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक खगेन्द्र सुनारलाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ।

सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो। हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिए।

प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। १४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ।



तपाईको प्रतिक्रिया