जुम्लाको गुठिचाैर गाउँपालिका वडा नम्बर ३ मा निर्माण भएको स्याउ जुस उद्योग प्रयाेग बिहिन भएको छ । २०७८ साल असारमा निर्माण सम्पन्न भएको उक्त उद्योग हाल सम्म प्रयाेग बिहिन भएको हाे । तत्कालीन गुठिचाैर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीकाे अध्यक्षतामा शिलान्यास भएको स्याउ जुस उद्योग निर्माण भएको झण्डै ४ वर्ष सम्म पनि प्रयाेगमा नआउदा गाई बस्ने गाेठमा परिणत भएको छ ।
२० लाख ४५ हजार लागतमा निर्माण भएको उद्योग प्रयाेग बिहिन हुदा राज्यको सम्पत्ति बालुवामा पानी खन्या सरह भएको छ । याे जुस उद्योग मात्र नभएर जुम्लाका हरेक स्थानीय तहमा निर्माण भएका अनुदानका कार्यक्रमहरू प्रयाेय बिहिन भई खेर गएका छन् ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय, कृषि विकास कार्यालय, जुम्लाकाे आर्थिक सहयाेग र जनएकता महिला कृषक समूह गुठिचाैर ३ काे समन्वयमा निर्माण भएको स्याउ जुस उद्योग प्रयाेग बिहिन भएकाे गुठिचाैर ३ का यूवा राजेन्द्र रावले गुनासाे गरेका छन् ।
कृषि विकास कार्यालय, जुम्लाकाे १४ लाख ३१ हजार ५ सय र जनएकता महिला कृषक समुहकाे ३० प्रतिशत ६ लाख १३ हजार ५ सय गरि जम्मा २० लाख ५४ हजारमा निर्माण भएको उद्योग प्रयाेग बिहिन भएको यूवा रावलले बताए ।
याे स्याउ जुस उद्योग बाट ५ सय घरधुरी संख्या लाभान्वित रहेने अनुमान गरिएको थियाे । महिला १ हजार ३ सय र पुरुषः १ हजार २ सय जना लाभान्वित हुने याेजना गरेकाे थियाे । गुठिचाैर ३ मा उत्पाद भएका स्याले बजार पाउने अपेक्षाका साथ निर्माण भएको उद्योग प्रयाेगमा नआइ अलपत्र परेकाे छ ।
खेर जान लागेका स्याउ लाई जुस बनाउने लक्ष्यका निर्माण भएको उद्योगले कुनै पनि काम नगरी अलपत्र परेकाे जनएकता महिला कृषक समुहकी अध्यक्ष शाेभा रावलकाे भनाइ छ । उनले भनिन् यसमा कुनै पनि काम नभएर यस्तै रहेकाे स्विकार गरिकी छिन् ।
काली बहादुर परियार । २०८१ पुष ६ गते शनिवार