सांसद ज्ञानेन्द्र शाहीको विवादास्पद अभिव्यक्ति प्रति माओवादी केन्द्रको आपत्ति : यस्ता गतिविधिमा बिराम नलगाए कडा कदम चाल्ने चेतावनी

सांसद ज्ञानेन्द्र शाहीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै नेकपा माओवादी केन्द्र जुम्लाले पत्रकार भेटघाट कार्यक्रम गरि आपत्ति जनाएको छ। शुक्रबार जुम्लामा एक पत्रकार गर्दै सांसद शाहीले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा दिएको अभिव्यक्तिप्रति माओवादीको ध्यानाकर्षण भएको हो। माओवादी केन्द्रले शाही माथि संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने आरोप लगाएको छ।

नेकपा माओवादीका जुम्ला जिल्ला संयोज नवराज न्यौपानेद्वारा जारी विज्ञप्तिमा शाहीले सिन्जा सभ्यता विधेयकको विषयमा झूटो प्रचार गरेको, प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई पटक(पटक ‘हत्यारा’ को संज्ञा दिएको, जनप्रतिनिधिहरूप्रति अपमानजनक टिप्पणी गरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता जिल्लाका गौरवमय संस्थाहरूप्रति जनताको अनास्था बढाउने प्रयास गरेको, र सार्वजनिक समारोहमा अश्लील शब्दावली प्रयोग गरेको उल्लेख गरिएको छ।

विधेयकको विवाद र आरोपहरूको निरन्तरताविज्ञप्तिमा भनिएको छ कि शाहीले सिन्जा सभ्यता विधेयकका सम्बन्धमा गलत जानकारी दिए, विधेयकलाई क्याबिनेटमा शैद्धान्तिक सहमति भएको तथ्यलाई झुठो भनेका छन् र यसलाई अफवाहको रूपमा फैलाउने प्रयास गरेका छन्।

साथै, उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाजमा अनावश्यक नकारात्मकता फैलाउँदै स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल गिराउने टिप्पणी गरेका छन्। शाहीले जिल्लाका जनप्रतिनिधिहरूलाई ‘साँढेको उपमा’ दिने, र आफ्नै काममा कमजोरी लुकाउन असम्बन्धित बजेट तथा परियोजनाको श्रेय लिने प्रयास गरेको पार्टीले जनाएको छ।
सांसद शाहीलाई माओवादीको चेतावनीपार्टीले शाहीको गैरसंवैधानिक र विवादास्पद अभिव्यक्तिप्रति गम्भीर असन्तोष जनाउँदै, यस्ता गतिविधिमा बिराम नलगाए पार्टीले कडा कदम चाल्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ कि यदि परिस्थितिमा कुनै असामान्य अवस्था उत्पन्न भए, त्यसको जिम्मेवार शाही आफैँ हुनेछन्।

यसैबीच, स्थानीय बासिन्दाहरू र जनप्रतिनिधिहरूले पनि शाहीका टिप्पणीहरूप्रति असन्तोष व्यक्त गरेका छन्। अब, कर्णालीका जनताले यी विवादास्पद अभिव्यक्तिहरूलाई कसरी लिन्छन् र आगामी राजनीतिक गतिविधिहरूमा यसले कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै रहेको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।

प्रेस विज्ञप्ति :



तपाईको प्रतिक्रिया