जुम्लाकाे कनिका निशा मा.वि बाट  एचपीभि खाेप अभियान शुभारम्भ

जुम्ला । जुम्लामा आज देखि पाठेघरकाे मुखकाे क्यान्सर विरूद्व लगाईने एचपीभी खाेप अभियान सुभारम्भ भएकाे छ । देश भरि माघ २२ गते देखि संचालन भए भनी जुम्लामा भने चिसाेका कारणले बिद्यालय बन्द रहेका कारणले आज बाट सुभारम्भ भएको हाे ।

माघ २७ गते अर्थात आज बाट सुरू भएको खाेप अभियान फागुन २ गते सम्म संचालन हुने भएको छ । जुम्लामा मात्र झण्डै ९ हजार छात्राहरू लाई पाठेघर मुखकाे क्यान्सर विरूद्वकाे खाेप लगाईने भएको छ ।

आज जिल्ला समन्वय समितिका प्रमुख तथा खाेप समन्वय समितिका संयाेजक गाैरीनन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायतका सराेकारवालाकाे उपस्थितीमा जुम्लाकाे कनिका निसा माध्यामिक बिद्यालय बाट खाेप अभियान सुभारम्भ गरिएकाे हाे ।

जुम्लाका आठ स्थानीयतहका गरि झण्डै नाै हजार किशाेरीलाई एचपीभि खाेप लगाउने लक्ष्य राखिएकाे जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए । उनकाअनुसार माघ २७ देखि फागुन २ गते सम्म जुम्लामा खाेप अभियान संचालन हुने छ ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समुहका किशाेरीलाई पाठेघर मुखककाे क्यान्सर विरुद्द खाेप लगाईने छ । लक्ष्यनुसारका सबै किशाेरीलाई खाेपकाे पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाकाे दाबी छ ।

यस्तै खाेप लगाउन आएकि कनिका मा.वि कि कक्षा १० मा अध्यारत छात्रा एन्जिला रावलले पहिलाे पटक खाेप लगाउन पाउँदा खुसि लागेकाे बताइन् । उनले भने, खाेप लगाउदा कता कता मनमा डर समेत रहेकाे थियाे । तर एक छिन मात्र दुख्याे पछि केही नभएको अनुभव सुनाईन् । सबै जनालाई खाेप लगाउन अपिल समेत गरेकि छन् ।



तपाईको प्रतिक्रिया