सिंजा राज्यको विरासत

जुम्ला । पहिला खश साम्राज्य ताख्लाखर थियो। राजा क्राचल्लको शासनकालको समय अर्थात १०१९ मा इरानी मुसलमान मोहम्मद गजनि र क्राचल्ल विच युद्ध भइ गजनिब पराजित भयो भने सन ११७६मा अफगानिस्तानको मोहम्मद गौरी र खश सम्राट क्राचल्ल विच युद्ध  भयो त्यसमा  पनि मोहम्मद गौरी पराजित भयो । त्यस्ले गर्दा खश राज्य ताक्लाखर पनि असुरक्षा महसुस भयो र खश राज्य सिजा सर्यो ।

जब राज्य सिंजा सर्यो त्यसपछि क्राचल्लका छोरा अशोक चल्लले सिंजा राज्य पुर्वको बोधगया र पश्चिम उत्तरमा लद्दाख सम्म विस्तार गरेर लद्दाख दोर्जे दाङ्गलाई थमौती दिए सिजाले कर मात्र लिने भयो। कुमाउ गडवाल राज्य सिजा राज्यको करदमा नै थिए । तर सिजा राज्यले संघर्षमय अवस्थामा पुरा भारतको नेतृत्व गरिरहेको थियो ।

किनकि सन ११९१ मा थानेश्वरका राजा पृथ्वीराज चौहानलाई मोहम्मद गौरीले वन्धि बनाइसकेको थियो भने सन १९९२मा दिल्लीका राजा गोबिन्द राय पराजित भएका थिए । सन १९९४ मा कन्नोजका भारत द्रोहि राजा जयचन्द मारिएका थिए ।

सन १२०५ मा बंगालका राजा लछ्मण सेन पराजित भएका थिए यस्तो अवस्थालाई सामना गर्ने र मोहम्मद गौरीलाइ पराजित गरिसकेको शक्ति खश राज्य भएकाले सम्पुर्ण भारतका हिन्दु राजाको नेतृत्व सिंजा राज्यको काँधमा थियो ।

त्यसमा पनि सिजा लद्दाख देखि बोधगया सम्मको सवा लाख राजाको केन्द्र थियो। त्यस्मा पनि मुसलमान सत्ताबाट हिन्दु र बौद्ध राज्य जोगाउनु परेको थियो ।  लद्दाखमा अन्तिम किनाराको जिम्मेवारी दोर्जे दाङ्गका थमौति दिइएको थियो ।

यसरी आफ्नो राज्यलाई मुसलमानवाट जोगाउनु परेको थियो भने अर्को तर्फ भारतका सम्पुर्ण हिन्दु राजाहरुको भरोसा सिजा माथि थियो। यसरी त्यो समयमा समष्टिगत रुपमा भारत र खश साम्राज्यको हिन्दुहरुको रक्षा गर्ने जिम्मेवारी सिजालाइ लिनु परेको थियो।

पछिल्लो समय सिंजा राज्य विखण्डन भए पश्चात साम्राज्य फैलाउदै आएको ब्रिटिशबाट २२ से र २४ से राज्यलाइ राजनिति र धार्मिक हिसावले जोगाउने काम पृथ्वीनारायण शाहले गरे  त्यसैले भारत समेतले सिजाका राजा अशोक चल्ल र राजा पृथ्वीनारायण शाहको सम्मान गर्नु पर्ने हो तर दुखद कुरा त्यसो हुन सकेन  ।

ब्रिटिसहरुबाट प्रायोजित  आर्य सभ्यताको विकृत इतिहास तयार गर्न खटाएका विद्वानहरु म्यस्मुलर र विलियमस जेम्स जस्ता मानिसहरुले सर्व प्रथम आर्यहरु पश्चिम हुदै भारत पसेका भनेर झुट इतिहास लेखे ।

त्यसलाई स्थापित गर्न सिन्धु सभ्यता सबै भन्दा पुरानो सभ्यता रहेको र त्यो सभ्यता द्रविडियनहरु रहेको अर्को झुट लेखे । दक्षिण भारत र हिमालयन क्षेत्रका मानिसहरु विच लडाइ गराउन द्रविडियन सभ्यता ध्वस्त पार्न हिन्दुहरुको देवता इन्द्रले अर्थात पुरन्दरले द्रविडियन जातिलाई समाप्त पारेकाले द्रविडयन हरु को सिन्धु सभ्यता ध्वस्त पारिएको भनेर हिमालयन क्षेत्र वस्ने आर्यन र दिक्षिण भारत बस्ने मानिसका विच मेल नहुने विष रोपे तर मतभेद हुन सकेन।

यी झुट कुरा लेखिएको थियो भन्ने कुराको पुष्टि यसरि हुदै आयो पहिलो कुरा के छ भने सिन्धु सभ्यता अन्तर्गत रहेका चित्रकलामा शिवको चित्र भेटिएका छन् । यस्ले के देखाउछ भने सिन्धु सभ्यता पनि हिन्दु हरुको थियो । यो झुटको धोति खुस्किएको छ ।
अर्को कुरा के छ भने सिन्धु सभ्यता ३००० इ सा पु को मानिएको छ तर त्यो सभ्यता भन्दा पुराना अर्थात

८००० इ सा पुर्वका सभ्यताहरु : 
१ सैधव स्थल सरस्वती नदिको तट
२ हडप्पा सभ्यता तल्लो क्षेत्रमा  रावी नदिको तट
३ कालिवंगा
४ चन्हुदडो सिन्धु नदी तट
५ लोथल सभ्यता भोगवा नदि तट धौलाविरा सभ्यता मनहरा नदी तट
६ सुरकोट सभ्यता गुजरात
७ बनावली सभ्यता रंगोइ नदी तट
८ रोपडा सभ्यता सतलज नदि तट
९ राखिगडी सभ्यता हरियाणा आदी सभ्यताहरु पहिचान हुदा सिन्धु सभ्यता पुरानो सभ्यता नभएर अन्य उल्लेखित सभ्यता पुरानो भएको भातीय पुरातात्विक खोजले स्थापित गरेको तथ्यबाट  पुष्टि हुदै गएकाले व्रिटिसहरुबाट षड्यन्त्र पुर्वक पालित पोषित विद्वानहरुले धोति खुस्कदै गएको छ भने यस  अबस्थाम पश्चिमी देशको अप्रत्यक्ष विक्रि भएका विकाउ बजारका तरकारी मण्डिका सागपात जस्ता विद्वानहरूको विद्दत्वले पनि आत्महत्या गरिसकेको छ ।
जहाँ सम्म हाम्रा यी ऐतिहासिक कला संस्कृति पाण्डव कालिन मानिएका छन् । कतै माथि उल्लेखित सभ्यता भन्दा पनि पुराना सभ्यताका साँक्षि हुन की ! खोज अनुसन्धान हुन जरुरी देखिन्छ । किनकी आर्य सभ्यताको उद्गमस्थल नै हिमाल हो ।

यस्को पुष्टि संयुक्त राष्ट्र संघले स्विकार गरेको मानव लिखित नभइ अजन्मा पुस्तक ऋग्द वेद यहि हिमाल वाट उत्पति भएको मानिएको छ । अर्को तर्फ आर्यहरूको युनान तिर ब्यापार गर्ने सिलसिलामा आउने जाने वाटोमा पर्ने ठाउमा आर्य हरु बसेकाले आर्यन हुदै हालको इरान नाम रहेको पाइन्छ । पाकिस्तान अफगानिस्तान काजिस्थान जस्ता बेदका स्थान अर्थात ठाउका नामबाट देशका नाम रहनु पनि अर्को प्रमाण हो ।

पश्चिमाहरुका शब्दकोश प्राय संस्कृतबाट विकसित भएका छन् जस्तो मात्र आमा मात्रबाट अप्रभंस हुदै मदर पित्र हुदै फदर जस्ता भाषा बिकास हुनुले भाषा पनि आर्यनहरुबाट सर्दै गएको पाइन्छ। त्यसैले बिकाउ विद्वानहरुले हजार कुतर्क गर्दैमा पश्चिमा षड्यन्त्र स्वीकार मान्नु हुन्न यी कला संस्कृति दुनियाँमा सबै भन्दा पुराना जेठा सभ्यता हुन सक्ने देखिन्छ ।

तर अनुसन्धानको अभाव र खोजि ब्रिटिसहरुबाट प्रायोजित  आर्यन सभ्यताको विकृत इतिहास तयार गर्न खटाएका विद्वानहरु म्यस्मुलर र विलियमस जेम्स जस्ता मानिसहरुले सर्व प्रथम आर्यहरु पश्चिम हुदै भारत पसेका भनेर झुट इतिहास लेखे । त्यसलाइ स्थापित गर्न सिन्धु सभ्यता सबै भन्दा पुरानो सभ्यता रहेको र त्यो सभ्यता द्रविडियनहरुको रहेको अर्को झुट लेखे ।

दक्षिण भारत र हिमालयन क्षेत्रका मानिसहरु विच लडाइ गराउन द्रविडियन सभ्यता ध्वस्त पार्न हिन्दुहरुको देवता इन्द्रले अर्थात पुरन्दरले द्रविडियन जातिलाई समाप्त पारेकाले द्रविडयनहरु को सिन्धु सभ्यता ध्वस्त पारिएको भनेर हिमालयन क्षेत्र वस्ने आर्यन र दिक्षिण भारत बस्ने मानिसका विच मेल नहुने विष रोपे तर मतभेद हुन सकेन ।

यी झुट कुरा लेखिएको थियो भन्ने कुराको पुष्टि यसरि हुदै आयो पहिलो कुरा के छ भने सिन्धु सभ्यता अन्तर्गत रहेका चित्रकलामा शिवको चित्र भेटिएका छन् ।



तपाईको प्रतिक्रिया